शुक्रबार, कार्तिक ७ गते २०८३

एपीजी टोलीसँग गभर्नरको छलफलः ‘ग्रे–लिस्ट’ सुधारबारे वार्ता


जेठ ५, २०८३ मंगलबार
एपीजी टोलीसँग गभर्नरको छलफलः ‘ग्रे–लिस्ट’ सुधारबारे वार्ता

काठमाण्डाै । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र एशिया/प्रशान्त क्षेत्रीय मनी लाउन्डरिङ निगरानी संस्था ‘एसिया प्यासिफिक ग्रुप  अन मनि लण्डरिङ’ का डेपुटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड शानन नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल ‘ग्रे–लिस्ट’ मा सूचीकृत भएपछि सुधारका लागि भएका प्रगति, आगामी रणनीति तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुनी र नीतिगत सुधारका विषयमा छलफल भएको हो ।

छलफलमा बैंकिङ क्षेत्रको जोखिम मूल्याङ्कन, जोखिममा आधारित सुपरीवेक्षण, पारदर्शिता प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबीच समन्वय र इन्टरनेशनल काेअपरेशन रिभ्यू ग्रुप’ मा हुने प्रतिवेदन प्रक्रियाबारे पनि कुराकानी भएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, नेपाललाई ‘ग्रे–लिस्ट’ बाट बाहिर ल्याउन संस्थागत क्षमता विकास तथा अन्तर्राष्ट्रिय वित्तीय निकायबाट प्राप्त हुनसक्ने प्राविधिक सहयोगका विषयमा समेत दुवै पक्षबीच विचार आदान–प्रदान भएको थियो । गभर्नर पौडेलले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सुझाव कार्यान्वयनमा नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको धारणा राखेका थिए ।