शुक्रबार, कार्तिक ७ गते २०८३

पोखरा फाइनान्स र समृद्धि फाइनान्स गाभिन राष्ट्र बैंकबाट अन्तिम स्वीकृति


बैशाख ३०, २०८३ बुधबार
पोखरा फाइनान्स र समृद्धि फाइनान्स गाभिन राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ। लामो समयदेखि तयारीमा रहेको मर्जर प्रक्रिया अब कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।

दुवै कम्पनीबीच १ बराबर १ को स्वाप रेसियोमा मर्जर गर्ने सहमति यसअघि नै भएको थियो । सोही आधारमा मर्जर प्रक्रिया अघि बढाइएको हो । मर्जरपछि बन्ने एकीकृत संस्थामा समृद्धि फाइनान्सका तर्फबाट ४ जना तथा पोखरा फाइनान्सका तर्फबाट ३ जना सञ्चालक समिति सदस्य रहने सहमति भएको छ । साथै, एकीकृत संस्थाको अध्यक्ष समृद्धि फाइनान्सका तर्फबाट रहने टुंगो समेत लागिसकेको छ ।

मर्जरपछि दुवै संस्थाको पूँजी आधार, शाखा सञ्जाल, निक्षेप तथा कर्जा विस्तार क्षमता अझ सुदृढ हुने अपेक्षा गरिएको छ । वित्तीय क्षेत्रको स्थायित्व, प्रतिस्पर्धात्मक क्षमता वृद्धि तथा सेवा विस्तारलाई लक्ष्य गर्दै पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूबीच मर्जर तथा प्राप्तिको क्रम तीव्र बन्दै गएको छ ।

राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि अब दुवै संस्थाले नियामकीय तथा प्रशासनिक बाँकी प्रक्रिया पूरा गर्दै एकीकृत कारोबार सुरु गर्ने तयारी गर्नेछन् ।