गरिमा विकास बैंक लिमिटेड “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेड द्वारा वैशाख २५ गते शुक्रबार काठमाडौंमा आयोजित ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’को दशौं संस्करणमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो। अर्थमन्त्री स्वर्णिम वाग्ले को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकलाई साे अवार्ड प्रदान गरिएकाे हाे ।
आयोजक संस्थाले बैंकलाई “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” उपाधि प्रदान गरेको जनाएको छ। बैंकका अनुसार यस सम्मानले ग्राहकलाई सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप ऊर्जा मिलेको छ।
यसअघि पनि गरिमा विकास बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ। हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ वटा एटिएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
नेपालपत्र संवाददाता