सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि छुट्टै लेन र सेवा सुविधा उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारी प्रक्रियालाई सहज, व्यवस्थित र श्रमिक मैत्री बनाइने बताएका हुन् ।
श्रम कुटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्य मुलुकतर्फ वैदेशिक रोजगारीको विविधीकरण गरिने नीति लिइएको छ। सरकारले विप्रेषण (रेमिट्यान्स)लाई उपभोगमुखी प्रयोगबाट लगानीतर्फ रूपान्तरण गर्न ‘विप्रेषण लगानी मिलन कोष’ सञ्चालन गर्ने समेत जनाएको छ। त्यसैगरी सरकारले विदेशमा मृत्यु वा अङ्गभङ्ग भएका कामदारका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने र रिर्भस प्रवासनलाई प्रोत्साहन गर्न प्याकेज ल्याउने भएको छ ।
नेपालपत्र संवाददाता