काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताको बचत फिर्ताका लागि ‘एकिकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने भएकाे छ ।
प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा सरकारको आगामी वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपछि रामचन्द्र पाैडेलले काेषका साथै ऋण असुली गरी बचतकर्ताको रकम फिर्ता गर्ने बताए ।
त्यसैगरी सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई बलियो बनाउने भएको छ । सहकारी संस्थाको नियमनलाई प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको क्षमता सुदृढिकरण गरिने बताएका हुन् ।
त्यस्तै, कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराधलाई नियन्त्रण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपालपत्र संवाददाता