बुधबार, भाद्र ३ गते २०८३

सहकारीको ऋण असुलीमा सरकारको कठोर नीति, सार्वजनिक गर्यो ऋणीको नाम


बैशाख २४, २०८३ बिहीबार
सहकारीको ऋण असुलीमा सरकारको कठोर नीति,  सार्वजनिक गर्यो ऋणीको नाम

काठमाण्डाै ।  सहकारीका ठुला ऋणीबाट ऋण असुली गरी सदस्यको बचत  फिर्ता गर्ने नीति लिएको सरकारले ऋण नतिर्ने सदस्यको नाम सार्वजनिक गरेको छ । संघीय सरकार अन्तर्गतको समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयले पहिलो पटक ठुला ऋणीको नाम सार्वजनिक गरेको हो ।

समस्याग्रस्त घोषणा गरिएका २३ सहकारी संस्था  मध्ये केही सहकारीका ठुला ऋणीहरुको नाम कार्यालय हिजो सार्वजनिक गरेको हो । कार्यालय यस अघि १५ दिने सूचना प्रकाशित गरी समस्याग्रस्त घोषणा गरिएका सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न आउन आग्रह गरेको थियो । कार्यालय दिएको समयभित्र ऋण चुक्ता लागि सम्पर्कमा  नआउने ऋणीहरुको नाम प्रकाशन गरिएको हो । समितिले समस्याग्रस्त घोषित १० सहकारी संस्थाका ठुला ऋणीहरूको नाम सार्वजनिक गरेको हो । समितिले अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गरिने जनाएको छ। 

समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीय संस्था लगायतका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो। 

समस्याग्रस्त सहकारीका ठुला ऋणीबाट ऋण असुली गरी साना बचतकर्तालाई बचत पहिला बचत फिर्ता दिने नीति सरकारले लिएको छ । सुरुमा  एक लाखसम्मका साना बचतकर्तालाई बचत फिर्ता दिने कार्यालयले जनाएको छ । समस्याग्रस्त कार्यालयका  अनुसार १ लाख भन्दा कम बचत भएका सदस्यको संख्या ३६ हजार ५ सयको हारहारीमा रहेको छ भने उनीहरुको बचत फिर्ताको लागि १ अर्ब ३५ करोड रकम आवश्यक पर्छ । सरकारले चक्रिय कोष स्थापना गरी सदस्यको बचत फिर्ताको लागि कार्यविधि समेत तयार गरेको छ । सो कोषमा सरकारले २५ करोड रकम जम्मा गरिदिएको छ ।  

सुरुमा सरकारले उक्त रकम कोषमा जम्मा गरिदिए  पनि पछि भने समस्याग्रस्त सहकारीहरुबाट ऋण असुली गरी सरकारलाई सो रकम फिर्ता गर्नुपर्ने हुन्छ । समस्याग्रस्त सहकारीले ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब बचत अपचलन गरेका छन् ।  

sahakari rini 1.jpg

sahakari rini 2.jpg