बुधबार, भाद्र ३ गते २०८३

अप्रिल महिनामा भित्रिने पर्यटककाे संख्या १ लाख ७ हजार


बैशाख २२, २०८३ मंगलबार
अप्रिल महिनामा भित्रिने पर्यटककाे संख्या १ लाख ७ हजार

 

काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजार ९३४ विदेशी पर्यटक आएका छन्। यो तथ्यांक नेपाल पर्यटन बोर्ड ले सार्वजनिक गरेको हो। क्षेत्रगत रूपमा सबैभन्दा धेरै पर्यटक दक्षिण एसिया (सार्क) बाट आएका छन्। यस क्षेत्रबाट ३३ हजार ४३२ पर्यटक भित्रिएका छन्। यो कुल आगमनको करिब ३१ प्रतिशत हो।

त्यसपछि अन्य एसियाली देशबाट २६ हजार ७२६ पर्यटक आएका छन्। युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८ र अमेरिकाबाट २ हजार ५१८ पर्यटक आएका छन्। पश्चिम एसियाबाट १ हजार ६९७, अफ्रिकाबाट ३१५ र अन्य देशबाट १५ हजार ३६० पर्यटक आएका छन्। देशगत रूपमा भारत पहिलो स्थानमा छ। भारतबाट १५ हजार १९६ पर्यटक आएका छन्। चीन दोस्रो स्थानमा छ। चीनबाट ११ हजार ७२२ पर्यटक आएका छन्। बंगलादेश तेस्रो स्थानमा छ। त्यहाँबाट ५ हजार २३१ पर्यटक आएका छन्।

अघिल्लो वर्ष सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक आएका थिए। कोरोनाअघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आएका थिए। यस वर्ष केही कमी देखिएको छ। पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई सेवा प्रभावित भएको छ। त्यसले समेत पर्यटन आगमनमा असर पारेको देखिन्छ।