नेपालमा अहिले सर्सरी सतहीरुपमा हेर्दा पुराना र नयाँ राजनीतिक शक्तिहरु बीचको संघर्ष जस्तो देखिन्छ । अर्थ–सामाजिक संरचना र राजनीतिक ब्यबस्थालाई यथाबत राखेर भन्ने गरिने यस्तो खालको भाष्यले केही क्षण अल्मल्याउने र भ्रमपार्ने त गर्न सक्ला र मानिसहरुमा क्षणिक आशा पनि जगाउन सक्ला अनि ब्यवस्थामा ब्यबस्थापकीय सिंगार पटारको राजनीतिले केही नौलो जस्तो पनि लाग्न सक्ला तर यथार्थः सामन्ती अबशेष सहीतको साम्राज्यबादपरस्त सामन्त र दलाल पूजीबादी अर्थ–सामाजिक संरचनामा रहेको नब सामन्तबाद प्रकृतिको जुन अर्थब्यस्था, सामाजिक संरचना र सँस्कृति बिद्यमान छ त्यसलाई आमूलरुपमा अग्रगामी परिबर्तनको दिशामा नमोडी नेपालको परनिर्भरता, आत्मसमर्पणादी प्रबृत्ति र परम्परामा कुनै भिन्नता आउँदैन र जनता र राष्ट्र ‘तावाबाट उम्केर भुँग्रोमा’पर्ने स्थिति नै फेरि पनि कायम रहने र दोहोरिने भइरहने छ ।
यो कटु यथार्थ हाम्रो सात दशकयता हुँदै आएको अर्थ–राजनीतिक अनुभवको निचोड हो । हिजो १३७औ मई दिवसको उपलक्षमा भक्तपुर ठिमीमा आयोजित श्रमिक र महिलाहरुको संयुक्त भेलामा बक्ताहरुबट ब्यक्त बिचारलेयही असन्तोष ब्यक्त गरेको पाइन्थ्यो । यस अनन्त दुःख कष्ट र पीडाबाट मुक्त हुन एकताबद्ध संघर्ष बाहेक अरु कुनै बाटाे छैन ।

उक्तु संयुक्त कार्यक्रममा बोल्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले बिश्वमा सभ्यता, सँस्कृति, बिकास निर्माणमा श्रमजीवी जनताको सर्बाधिक ठूलो भूमिका छ, हुन्छ तर ती श्रमजीबी जनता नै सबैभन्दा शोषित पीडित र तिरस्कृत हुँदै आएका छन् र त्यस्तो स्थिति फेर्न निरन्तर संघर्ष पनि गर्दै आएका छन् । अन्तर्राष्ट्रिय मई दिबस स्वयं नै यस्तै संघर्षहरुकै उपज हो र यो संघर्ष जारी रहेको छ र रहनु पर्दछ भन्नु भयो । उहाले देशको राजनीतिले कुनै शुभ संकेत दिएको छैन । राष्ट्रिय स्वधीनता गम्भीर संकटको संघारमा छ । अर्थतन्त्र डामाडोल छ ।जनतान्त्रिक अधिकारहरु,टेडयूनियन अधिकारहरु खोसिदैछन् । जनजीबिका नाजुक अबस्थाबाट गुज्रिरहेको छ । यस्तो अबस्थामा सही छानबिन नगरी राेग निकाेपार्ने भन्दा पनि राेगी मार्ने किसिमले सुकुम्बासीमाथि डाेजर चलाउने दमनकारी काम सरकारबाट भइरहेकाे छ । त्यसैले देश, जनता र जनतन्त्र जोगाउन सम्पूर्ण श्रमजीबी शोषित पीडित जनता र तिनका पक्षधर सम्पूर्ण देशभक्त, प्रगतिशील, क्रान्तिकारी लोकतान्त्रिक शक्ति तथा निष्ठाबान कम्युनिष्ट शक्तिहरु एक भएर अधि बढ्नुको कुनै बिकल्प छैन भन्ने कुरा दोहोर्याउनु भयो।

कार्यक्रम सञ्चालन गर्दै नेपाल कम्युनिष्ट पार्टी संगठन बिभागका प्रमुख लक्ष्मण उप्रेतीले क्रान्तिकारी र परिबर्तनशील श्रमजीवी बर्गलाई अल्मल्याउने किसिमका उपभोक्तादी, अर्थबादी औसरबादको दलदलमा फँसाएर आमूल सामाजिक परिबर्तन गर्न महत्वपूर्ण र अग्रगामी भूमिका खेल्न सक्ने र खेल्न पर्ने श्रमजीबी जनताको आन्दोलनलाई बिकृत र बिचलित पार्ने प्रबृत्तिका बिरुद्ध बैचारिक सैद्धान्तिक संघर्ष जोडदाररुपमा चलाउनु पर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।

अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघका संयोजक महादीप पोखेलले यथास्थितिमा देश चल्न सक्तैन, बिदेशीको भर पर्ने र तिनलाई नै हार गुहार गर्नेहरु कसैले पनि देश र जनताको भलो गर्न सक्तैनन् भन्ने कुरा नेपालको अहिलेसम्मको परिबर्तनपछि उत्पन्न हुने गरेका डरलाग्दा बिकृति र बिसंगतिहरुले प्रष्ट पारेका छन् भन्ने यथार्थ दर्शाउनु भयो । उहाँले नेपालको भूराजनीतिक अबस्थिति र रणनीति नबुझ्ने र बुझपचाउनेहरुले देश र जनतामाथि खेलबाड गर्दैछन् भन्ने गम्भीर कुृरा बुझ्न तथा देश र जनतालाई जोगाउन एकजुट हुनु अत्यावश्यक छ भन्नु भयो ।
कार्यक्रमको अध्यक्षको आसनबाट बोल्नु हुदै अखिल नेपाल प्रगतिशील महिला संघका संयोजक सीता सुबेदीले जबसम्म श्रमजीवी जनता मजदुर किसान, महिला, यूवा द्यिार्थी र राष्ट्रिय पूँजीपतिहरु एक भएर जाग्दैनन् तबसम्म देशमा नयाँ जनबाद र समाजबाद पनि आउँदैन भबिष्य सुरक्षित र सुनिश्चित पनि हुँदैन भन्ने क.पुष्पलालको निचोड अहिले पनि सामयिक छ । त्याे सही बाटाेमा अघि बढाैं भन्नु भयो ।

कार्यक्रमा सम्मानित पुराना बामपन्थी नेता हरिबहादुर राउतले राष्ट्रिय भेलालाई शुभकामा दिनु हुँदै बिकृति र बिसंगतिबाट मुक्त भएर संगठलाई सशक्त र जुझारु बनाउन सफलता मिलोस भन्नु भयो । कार्यक्रममा उपस्थित सबैलाई हार्दिक स्वागत अभिबादन गर्दै अखिल नेपाल महिला संघ केन्द्रिय तदर्थ समितिका सचिव क्रान्ति सुबेदीले बिश्वलाई दिनसक्ने सबै कुरा निर्माण गर्ने श्रमजीबी बर्ग नै सबैभन्दा शोषित पीडित हुने स्थितिको अन्त्य गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।
संयुक्त भेलाले अखिल नेपाल प्रगतील महिला संघ केन्द्रिय तदर्थ समिति पुनर्गठन गरेको छ । जसको संयोजक सीता सुबेदी र सदस्यहरुमा पबित्रा थैब, कुसुम पौडेल, कमला सेढाई, रीता पोख्रेल, गीता गौतम, क्रान्ति सुबेदी, पुष्पलता चाैधरी, बुद्धीमाया तामाङ्ग, हेमा पन्त, सुबर्ण प्रजापति, सबुजा खातुन, नूरजहाँ खातुन रहनु भएकाे छ । दुइ ठाउँ रिक्त राखेकाे छ ।

यसैगरी भेलाले लक्ष्मण उप्रेतीको संयोजकत्वमा भीम नेउपाने, निरेन्द्र कुवर, चन्द्रदेव राम, रामकुमार चाैधरी, गणेश ज्ञावाली, सुभाष पौडेल, केशव लामा, दिलशाद अहमद खाँ, राजकुमार बस्नेत, त्रिमान घतानी, नबीन दोङ,कुमार केसी, प्रभुदेवा बिश्वकर्मा, हरिशंकर बैठा र जंगबहादुर महतो रहनु भएको अखिल नेपाल प्रगतिशील श्रमिक संघ केन्द्रिय तदर्थ समति गठन गरेको छ ।
