शुक्रबार, कार्तिक ७ गते २०८३

‘अन्तर्राष्ट्रिय मजदूर दिवस’– शहीद अलबर्ट पार्ससको सारगर्भित मन्तव्य


बैशाख १८, २०८३ शुक्रबार
‘अन्तर्राष्ट्रिय मजदूर दिवस’– शहीद अलबर्ट पार्ससको सारगर्भित मन्तव्य

बहादुर मजदूर नेता अलबर्ट आर. पार्सस (२० जून १८४८—११नोभेम्बर १८८७) ले  शिकागोको  अदालतमा बडो निर्भिकतापूर्वक  र खुलस्तरुपमा बोल्दै भनेका थिए – मलाई सोधिएको छ कि मलाई फाँसी किन दिइदैछ, म बताउ । मलाई थाहा छ कि मेरा लागि फाँसीको फन्दा तयार भइसकेको छ र जल्लादले मेरोे प्रतिक्षा गरिरहेका छन् । फेरि पनि म मेरा कुरा राख्दछु ।  

सन् १८८० को अमेरिकी जन गणनाले बताउँदछ कि अमेरिकामा १,६२, ००,०००  मजदुर छन् यिनै ती मान्छे हुन् जसले सारा सम्पदाको निर्माण गर्दछन् । यदि कसैले यो यथार्थ सत्य स्वीकार गर्दैन भने उसले मजदुर आन्दोलन के हो भन्ने कुरा पनि थाहा पाउँदैन । 

ती मजदुर हुन् जोसँग आफ्नो श्रम शक्ति बाहेक बेच्नका लागि  अरु केही बचेको छैन । तिनैको मेहनतलाई सम्पन्नशालीहरुले लुट्ने गर्दछन् र ऐश आराम गर्ने गर्दछन् । ती मानिसहरु उजाडिदो अर्थात केही  नभएका  मजदुर हुन्, यस कारण उनीहरु एक किसिमले त्यस्ता सम्पन्नशालीहरुका दास हुन् । म मजदुर हुँ र मजदुरहरुका लागि लड्दछु । आफ्ना मानिसहरुका बारेमा बोल्नु अपराध कसरी भयो ?

‘शिकागोको नागरिक संघ’, मालिकहरुको संगठन हो, जसले  हामीलाई छिटो फाँसी दिन खोजिरहेको छ, अदालतमाथि पनि दबाब दिइरहेको छ, उनीहरुलाई यस मुद्दामा यत्तिका दिलचस्पी किन छ ? के तपाईले सोध्नु भयो ? तिनको भनाइ अ नुसार यदि ट्रायल चाँडै पूरा गरिँदैछ  भन त न्याय कहाँ भयो? 

यी मानिसहरुले हामीलाई लिञ्चिङ्ग गर्ने कुर गरिरहेका छन्, हामीलाई मारिदिने नारा पनि लगाइरहेका छन्, चिच्याइरहेका छन् र र तपाईले तिनलाइ नै महत्व दिइरहनुु भएको छ ! अनि यसरी महाशय तपाई निष्पक्ष कसरी हुनुभयो ? यो त भीडको न्याय हो । त्यसैले यदि मलाई फाँसी दिइन्छ भने त्यो न्याय होइन, संस्थागत हत्या हुनेछ । 

तपाईको न्यायका किताबहरु यस्त हतयाहरुबाट भरिएका छन्....यो न्याय होइन उल्टै मजदुर बर्गमाथि पूँजीवादी बर्गको हमला हो । तिनको सोचाई के छ भने मजदुरहरुको काम तिनीहरुसँग जीहजुरी अर्थात आत्मसमर्पण गर्नु मात्र हो। हामीसँग समानताको देखावटी कुरा गर्न पनि यिनलाई स्वीकार्य छैन ।

के तपाईहरु मान्नु हुन्छ कि मजदुरहरुका पनि केही प्रश्नहरु हुनसक्छन् ? म समाजवादी हुँ, के तपाई जान्न चाहनु हुन्छ समाजबाद के होे ? समाजबादको अर्थ हो उत्पादनका सबै साधनहरु र उत्पादनमाथि मेहनत गर्ने मजदुरहरुको समान हिस्सेदारी अर्थात साझा स्वामित्व ! 

मानव इतिहास निरन्तर विकसित भइरहेको छ, यसको बिकासक्रममा क्रान्तिकारी चरण आइरहन्छन्, त्यसलाई रोक्ने तपाईको नियन्त्रणको कुरा छैन । १७८९ र १७९३ को  फ्रान्सेली क्रान्तिको बारेमा त तपाईले सुन्नु भएकै होला । जतिबेला सामन्ती ब्यवस्था ध्वस्त भएको थियो, यस्तै प्रकारका क्रान्तिहरु आउँदा दिनमा पनि हुनेछन् । 

पूँजी के हो, कसरी पैदा भयो ? यो सबै मजदुरहरुको श्रमको हिस्सा हो, जसको भुक्तानी उनहरुले पाएका छैनन् । श्रमको लूटलाई केही मानिसहरुले जम्मा गर्दै गए ।

फेरि अरु मजदुर तलबको दास बन्दै गए र पूँजीको पहाड बन्दै गयो । अनि त्यस पूँजीको सुरक्षाका लागि तपाईहरुले कानुनु बनाउनु भयो । मजदुरले आज के गर्न सक्तछन् ? उसले केवल आपलाई शोषण गर्ने शोषक चुन्न सक्तछन् । मजदुरहरुले यो दासता सधैंका लागि छाड्नु पर्नेछ। उनीहरुले आफ्नो उत्पादनको मालि बन्नु पर्नेछ र यसो भएरै छाड्छ ।

तपाईहरुका सञ्चार माध्यमहरुले बितेका दुइ महिनमा मेरा र मेरा साथीहरुको बारेमा यत्तिका बिष बमन गरिसकेको छ कि न्याय सम्भब छैन । मानौं हामी नरभक्षी जनावर हौं । मालिक बर्गका मानिसहरु शुरुदेखिनै हाम्रो आन्दोलनका बारेमा खुलमखुल्ला बोलिरहेका छन् कि‘‘यिनको सभालाई डाइनामाइटले उडाइदेऊ, जसबाट अन्य यस्ता मजदुर सभाहरुलाई शिक्षा मिलोस् कि तिनका बिरुद्ध के कस्तो कारबाही भयो ? 
‘‘यी मजदुरका नेताहरुलाई सबक सिकाउ’’ के तपाईले सुन्नु भएको  छ ? 

यदि सारा सामाजिक सम्पदालाई मुठ्ठीभर मानिसद्वारा हत्याउने र सारा समाजलाई कंगालीको खाडलमा धकेल्ने कुरालाई देशको कानुनले उचित ठहराउँदछ भने यो कानुन होइन, धूर्तता हो जसको सम्मान गर्न सकिदैन ।.. तपाइँहरूले के सजाय दिनु हुन्छ मलाई थाहा छ । मैले केही गल्ती गरेको छैन । कुनै यस्तो काम गरेको छैन जसका कारणले मलाई पश्चाताप होस् । म आफ्नो भूमिकाप्रति खुशी छुु । समाजबाद जिन्दाबाद’’

शिकागोका अमर मजदुर शहीदले अदालतमा बोल्दै यो सशक्त  कुरा  राखेका हुन् । उनलाई शिकागोको जेलमा ११ नोभेम्बर १८८६का दिन फाँसी दिइयो । उनको कसुर के थियो भने उनले मजदुरहरुका लागि ८ घण्टको काम, ८ घण्टाको आराम र ८ घण्टाको मनोरञ्जनको अधिकारको माग गरेका थिए । पार्ससका अतिरिक्त ३ जना अरु मजदुर कार्यकर्ताहरुलाई त्यसै दिन फाँसीमा झुण्याइएको थियो । 

यो मिति ०९–१०–१८८६ का दिनको सेसन जज जोसफ गेरीको अदालतको कुरा हा मिति: ०९.१०.१८८६, शिकागो के सेसन जज जोसेफ गेरीकाे अदालतको  परिदृष्य र परिसम्बाद  हाे।  शिकागोका अमर शहीदहरु सबैलाई उच्च सम्मान !