बुधबार, भाद्र ३ गते २०८३

आज १२० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


बैशाख १७, २०८३ बिहीबार
आज १२० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

 

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट १२० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकले २०८३ वैशाख १७ गते ९७ दिन अवधिका लागि निक्षेप संकलन बोलकबोल आह्वान गरेको हो। राष्ट्र बैंकका अनुसार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत हुने छ। उक्त उपकरणको निष्काशन पनि सोही दिन गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ साउन २० गते गरिने जनाइएको छ। 

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। अधिकतम रकम भने ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार उक्त उपकरणलाई नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ। यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।