शनिबार, आश्विन १७ गते २०८३

सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टीको तदर्थ समिति

मंसिर ९, २०७८ बिहीबार
सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टीको तदर्थ समिति

      

सर्लाहीका बिभिन्न बामपन्थी घटकमा रहेको यूवाहरुको एक भेलाले नेपाल कम्युनिष्ट पार्टीको सर्लाही जिल्ला तदर्थ समिति गठन गरेको छ । 

क.हेमन्त साहको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष क.रामदयाल ठाकुर, सचिब क.सञ्जय भूजेल र सदस्यहरुमा कमरेडहरु अकेला पासमान,ललित लामा, रमोद साह,परबेज आलम अन्सारी, सुश्री मनिषा चौधरी र नजाम सेख रहेका छन् ।        

भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सह–संयोजक तथा  प्रदेश नं २ का इञ्चार्ज  लोकनारायण सुबेदी र पार्टीका केन्द्रिय सचिबालय सदस्य तथा प्रदेश नं. २ का अध्यक्ष रामदुलार महतो तथा पार्टीका जिल्ला सल्लाहाकार प्रकाश कार्कीको पनि उपस्थिति  रहेको थियो । त्यस अबसरमा सह–संयोजक सुबेदीले भेलालाई सम्बोधन गर्दै कमरेड पुष्पलालले देश र जनताका लागि कम्युनिष्ट आन्दोलन मार्फत उठाएका ३ मूख्य समस्या र तिनको उचित निराकरण बिना देश र जनताको मुक्ति र सम्बृध्दी नहुने कुरा प्रष्ट पर्दै  जनता सचेत, एकताबध्द र संघर्षशील हुनुपर्ने आजको राष्ट्रिय आवश्यकता हो भनेका थिए ।         

कार्यक्रममा बोल्दै नेता रामदुलार महतोले कम्युनिष्ट आन्दोलनमा आएका विकृति र विसंगतिका बारेमा प्रष्ट पार्दै सहीबाटो रोज्न र एमसिसीका बिरुध्द खडा हुन यूवाहरुलाई आह्वान गरेका थिए ।  

भेलामा उपस्थित यूवा श्रोताहरुले विभिन्न सामयिक र महत्वपूर्ण प्रश्न र जिज्ञाषाहरु राखेर अझ प्रष्ट हुन चाहेका थिए ।