– हान येपिङ
संयुक्त राज्य अमेरिकाले हालै कथित लोकतन्त्रको शीखर सम्मेलन आयोजना गर्यो । त्यसलाई अमेरिकी सञ्चार माध्यमहरुले एउटा सैद्धान्तिक बैठकको संज्ञा दिएको छ । त्यो शिखर सम्मेलनमा संयुक्त राज्य अमेरिकाले बिश्वलाई लोकतन्त्र र गैर लोकतन्त्र दुइ शिवीर मा बाढ्ने कार्य गरेको छ । जहाँसम्म संयुक्त राज्य अमेरिकाले अरुमाथिको प्रभूत्वको दाबी गर्ने गर्दछ त्यसको लोकतन्त्रसँग कुनै पनि साइनो छैन । त्यसले त दुइ ध्रुब बीचको टक्करलाई मात्रा निम्त्याउँदछ । .
बस्तबमा बिश्वमा अरु भन्दा श्रेष्ठ लोकतन्त्र भन्ने कुरै छैन र हुँदैन । अनि कुनै पनि देश अरु देशको लोकतन्त्रको मूल्यांकन गर्ने .न्यायाधीश पनि हुन सक्तैन । बिश्वका सबै देशहरुहरु स्वतन्त्र किसिमले आ–आफ्नो देशका चरित्र अनुसार लोकतन्त्रको बिकासको बाटो अबलम्बन गर्न र बिबिधतालाई ज्ञन र सबलता प्रदान गर्न सक्छन् ।
लोकतन्त्रको अर्थ ‘मान्छेहरुले शासन गर्ने’ या ‘जनताको सार्बभौमिकता’ हो । यो अमूर्त कुरा होइन तर एउटा ठोस घटना हो, जुन लगातार बिकास हुँदै जान्छ । लोकतन्त्रको कुनै एउटा निश्चित मोडेल या नमूना छैन । लोकतन्त्रको हरेक रूप निश्चित ऐतिहासिक परिस्थितिहरूअन्तर्गत मानव राजनीतिक सभ्यताको विकासको परिणाम हो । लोकतन्त्रको हरेक रूप निश्चित ऐतिहासिक परिस्थितिहरूअन्तर्गत मानवको राजनीतिक सभ्यताको विकासको परिणाम हो।
विश्वमा २०० भन्दा बढी देश र क्षेत्रहरू छन्, र २,५०० भन्दा बढी जातीय समूहहरू छन्। फरक–फरक इतिहास, राष्ट्रिय अवस्था, जातीय समूह र प्रथाहरुले विभिन्न सभ्यताहरूको जन्म दिईरहेका छन्। यस्तै विविधता र भिन्नताहरूले विश्वमा कुनै समान राजनीतिक प्रणाली छैन भन्ने निर्णय गरेका छन्, र सबैका लागि उपयुक्त एउटै राजनीतिक मोडेल पनि छैन।
हरेक देशको राजनीतिक प्रणाली फरक–फरक राष्ट्रिय अवस्थाको आधारमा अर्कोकोभन्दा फरक र अनौठो हुन्छ। कुनै देशको राजनीतिक प्रणाली त्यस देशका जनताद्वारा चयन गरिन्छ र त्यो यसको इतिहास, सांस्कृतिक परम्परा, आर्थिक र सामाजिक विकासको आधारमा दीर्घकालीन विकास र सुधारको प्रक्रियाको परिणाम हो।
इतिहास र वास्तविकताले बारम्बार देखाइसकेका छन् कि अन्य देशहरूको राजनीतिक प्रणाली र लोकतान्त्रिक मोडेलहरूको नक्कल गर्नु काम लाग्ने हुँददैन। अझ महत्वपूर्ण कुरा त यसले सामाजिक असन्तोष, राष्ट्रिय विभाजन, मृत्यु र शासनहरूको पतन निम्त्याउन सक्छ, र देशको भविष्य र भाग्यलाई नष्ट गर्न पनि सक्छ।
धेरै गैर–पश्चिमी देशहरूले लोकतन्त्रको आधारभूत सिद्धान्त र आफ्नो राष्ट्रिय अवस्थाका आधारमा आफ्नो लोकतान्त्रिक प्रणाली विकास गरेका छन्, यसरी दीगो शासन हासिल गरेका छन्।
ऐतिहासिक दृष्टिकोणबाट हेर्दा, अमेरिकी लोकतन्त्रको विकास एउटा प्रगतिशील कदम थियो। तथापि, वर्षौंको अवधिमा, यसको लोकतन्त्रले आफ्नो विशिष्टता गुमाएको र अपाहिज बनेको छ, र यसले बिस्तारै लोकतन्त्रको सार र यसको मूख्य स्वरुप( डिजाइन)बाट यो विचलित भएको छ। इसले आफ्नै घोषणाको ‘वैश्विक लोकतन्त्रको दियो’ को चमक लामो समयदेखि हराइसकेको या गुमाईसकेको छ।

अमेरिका आज यसरी लोकतन्त्रका अव्यवस्थित र अस्तव्यस्त अभ्यासहरूले गर्दा समस्यामा परिरहेको छ, र पैसाको राजनीतिक प्रकृति र लिप्त शासन निरन्तर उजागर हुँदैछ। एउटा खुल्ला गोप्य (ओपनसिक्रेट्स)को तथ्याङ्क अनुसार, त्यहाँ २०२२ का राज्य र संघीय मध्यावधि निर्वाचनहरूको कुल खर्च करिब १७ अर्ब डलर थियो, जुन इतिहासमा सबैभन्दा उच्च हो, र २०२१ मा ७० भन्दा बढी देशको वार्षिक जीडीपी भन्दा त्यो बढी छ।
लोकतन्त्र जनतालाई परेका समस्याको समाधान गर्न प्रयोग गर्नका लागि हो। यद्यपि, अमेरिकी लोकतन्त्रको सरकार सञ्चालन क्षमता निरन्तर घट्दै गएको छ। राजनीतिज्ञहरू नारा र खाली प्रतिबद्धतामा दौडन्छन्, तर कहिल्यै आफ्नो प्रतिबद्धता पूरा गर्दैनन्। धेरै साधारण मतदाताहरू केवल भोट हाल्न सक्रिय पारिन्छन्, र त्यसपछि उनीहरू उपेक्षित हुन्छन् र राजनीतिक निर्णयमा कुनै वास्तविक प्रभाव पार्न पनि सक्दैनन्। उनीहरूको स्वर र लोकतन्त्रका लागि अपीलहरूलाई पनि “शोर“ मानिन्छ।
यस स्थितिले अमेरिकी लोकतन्त्रप्रतिको बढ्दो निराशा निम्त्याएको छ। वाशिङ्टन पोस्ट र यूनिभर्सिटी अफ म्यारिल्याण्डको संयुक्त सर्वेक्षण अनुसार अमेरिकामा आफ्नो लोकतन्त्रमा गर्व गर्ने अमेरिकीको संख्या २००२ मा ९०% बाट घटेर २०२२ मा ५४% मा झरेको छ। प्यु सेन्टरको एक सर्वेक्षणले भनेको छ कि ६५ प्रतिशत अमेरिकी अमेरिकी लोकतान्त्रिक प्रणालीमा ठूला सुधार आवश्यक छ भनी विश्वास गर्छन्, जबकि ५७ प्रतिशत उत्तरदाताले विश्वास गर्छन् कि अमेरिका अब लोकतन्त्रको नमूना होइन।
लोकतन्त्र हरेक देशका जनताको अधिकार हो, केही राष्ट्रहरूको वर्चस्व होइन। विश्वका विभिन्न राजनीतिक प्रणालीहरूलाई एउटै मानकले मूल्यांकन गर्नु र विभिन्न राजनीतिक संरचनाहरूलाई एक रङ्गमा जाँच्नु आफैंमा अलोकतान्त्रिक हो। अन्य देशमा तथाकथित “लोकतान्त्रिक संक्रमण“ सुरु गर्नु लोकतन्त्रको भावना माथि ठेस पु¥याउनु हो।
आज बढिभन्दा बढी देशहरूले महसुस गरेका छन् कि आफूहरूको लागि उपयुक्त विकास मार्ग पत्ता लगाउनका लागि उनीहरूले अमेरिकी लोकतन्त्रको निर्यातको खतरनाक कार्यप्रति सतर्क रहनै पर्छ। विश्वभरिका देशहरूको आर्थिक विकासको स्तर र ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमिमा ठूलो भिन्नता भएको तथ्यमाथि ध्यान नदिई, अमेरिका आफ्नो राजनीतिक प्रणाली र मूल्यहरू अन्य राष्ट्रमा थोपर्न खोज्छ, जसले धेरै देश र क्षेत्रहरूलाई अशान्ति, द्वन्द्व र युद्धमा पुर्याएको छ। विदेशी सञ्चार माध्यमले सुझाव गरे अनुसार, लोकतन्त्र लामो समयदेखि अमेरिकाले भिन्न दृष्टिकोण भएका देशहरूलाई आक्रमण गर्नको लागि ठूलो विनाशको हतियार बनेको छ। वर्तमान अमेरिकी प्रशासनले इतिहासका पाठहरू, अमेरिकी लोकतन्त्रको अव्यवस्था र अधिकांश देशहरूको यसको ‘कपटपूर्ण लोकतन्त्रको अवधारणा’द्वारा अपहरण हुने अस्वीकृतिलाई बेवास्ता गरेको छ। यसले ‘लोकतन्त्र बिपरीत अधिनायकवाद’ भन्ने भाष्य । कथा निरन्तर बनाइरहेको र बिक्री गरिरहेको छ ।
-
Han Yeping ले अमेरिकी Summit for Democracy को आलोचना गर्दै लोकतन्त्रलाई मानवताको साझा मूल्य भनेर व्याख्या गरेका छन्।
-
उनको विचारले लोकतन्त्रलाई कुनै एक देश वा समूहको विशेषाधिकार नभई सार्वभौमिक अधिकारका रूपमा प्रस्तुत गर्छ।