बुधबार, भाद्र ३ गते २०८३

एनआइ सी एसिया बैंकले एकै दिन गर्‍यो ४४ शाखा बन्द, काठमाण्डाैका मात्रै २६ गाभिए


बैशाख ३, २०८३ बिहीबार
एनआइ सी एसिया बैंकले एकै दिन गर्‍यो ४४ शाखा बन्द, काठमाण्डाैका मात्रै २६ गाभिए

 

काठमाण्डाै । एन आइ सी एसिया बैंकले एकै दिन ४४ वटा शाखा समायाेजन गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै बैशाख ३ गतेबाट उपत्यका भित्रका ३२ र बाहिरका १२ शाखा नजिकको शाखामा मर्ज गरेको जनाएकाे हो । 

काठमाण्डाैको कमलादी शाखामा गाभिनेमा नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखा रहेका छन् । त्यसैगरी बोहराटार, माछापोखरी, ढुंगेधारा–नर्सरी चोक शाखा बालाजु शाखामा गाभिएका छन् । न्युरोड विशालबजार शाखामा खिचापोखरी, भोटाहिटी र किलागल शाखा गाभिएका छन् ।

त्यसैगरी, बौद्ध शाखामा तिनचुली र चाबहिल, कोटेश्वरमा नरेफाँट शाखा, लाजिम्पाटमा बालुवाटा शाखामा गाभिएका छन् । अनामनगर, शंखमुल र मध्य बानेश्वर शाखा नयाँ बानेश्वर शाखामा गाभिएका छन् । 

त्यस्तै, कलंकी शाखामा गाभिनेमा खसीबजार शाखा, सुकेधारा शाखामा गाभिनेमा कपन, सामाखुसी शाखामा गाभिनेमा गोंगबु, ठमेल शाखामा गाभिनेमा सोह्रखुट्टे शाखा रहेका छन् । त्रिपुरेश्वर शाखामा गाभिनेमा टेकु, बत्तिसपुतली शाखामा गाभिनेमा सिनामंगल, मित्रपार्क र कालोपुल रहेका छन् । काठमाण्डाैं भित्र मात्रै बैंकका २६ शाखा नजिकको शाखा गाभिएका छन् ।

त्यसैगरी ललितपुरको जावलाखेल शाखामा गाभिनेमा लगनखेल र मंगलबजार, सातदोबाटो शाखामा गाभिनेमा सानेपा र ग्वार्को, भैंसेपाटी शाखामा गाभिनेमा खोकना शाखाहरू रहेका छन् । 

त्यस्तै, पोखराको लेखनाथ शाखामा गाभिनेमा पावरहाउस चोक र बुढीबजार शाखा, न्युरोड–पोखरा शाखामा गाभिनेमा महेन्द्रपुल र बगर शाखा, लेकसाइड शाखामा गाभिनेमा बिरौटा शाखा रहेका छन् । चितवनको हाकिम चोक शाखामा बसेनी शाखा, विराटनगरको मुख्य शाखामा मेनरोड र हाटखोला शाखा, रोडशेष चोक शाखामा रानी मिल्स शाखा, वीरगञ्जको आदर्शनगर शाखामा लिङ्क रोड र पावरहाउस चोक शाखा रहेका छन् । 

एन आइ सी एसिया बैंक कुनैबेला आक्रामक रुपमा शाखा विस्तार गर्ने बैंकका रुपमा परिचित रहेकाे थियाे।