शुक्रबार, कार्तिक ७ गते २०८३

शुभश्री साकोसको आयोजनामा सरसफाई कार्यक्रम

मंसिर ७, २०७८ मंगलबार
शुभश्री साकोसको आयोजनामा सरसफाई कार्यक्रम

 

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको आयोजना र सामाजिक, साँस्कृतिक तथा खेल उपसमितिको संयोजनमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाले शुभश्री उद्यान तथा शंखधर चोकमा सरसफाई आयोजना गरेको हो । कार्यक्रम सहआयोजकमा शंखधर मार्ग वायरिलाँ टोल सुधार समिति रहेको थियो भने सहयोगी संस्थाहरुमा मध्यपुर थिमी नगरपालिका, नेप्सेम्याक सेवा प्रा.लि., शंखधर चोक ट्याक्सी व्यवसायी संघ र टोलबासीहरु रहेको संस्थाका प्रबन्ध सञ्चालक रत्नमान श्रेष्ठले बताए । 

विशेषतः संस्थाले स्थापना गरेको शुभश्री उद्यानको गोडमेल साथै आसपासका क्षेत्रको सरसफाई गरिएको हो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, ऋण उपसमिति, विभिन्न उपसमितिका सदस्य एवं स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो । 

सरसफाई कार्यक्रममा सहभागि सबैलाई संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । संस्थाले यस अघि पनि यस्ता सामाजिक गतिविधि गर्दै आएको छ ।  

sar safai.jpg