कम्युनिष्ट पार्टी किसानसँग राष्ट्रिय अभियान अन्तरगत २०८२ पौष ११ गते माओ जयन्तिका दिन एक भब्य किसान मार्चका साथ राष्ट्रियउदयपुर राष्ट्रिय किसान भेला बर्खे डाडा बसाहमा सम्पन्न गरिएको थियो । त्यस भेलाले उपेक्षित, तिरष्कृत र अपहेलित कृषि र किसानलाई उठाउन सकेमा मात्र नेपालको राष्ट्रिय अखण्डता, राष्ट्रियता र राष्ट्रिय आर्थिक जागण र उन्नय हुन सकने र नेपालको सम्वृद्धिले सही जन दिशा लिने निष्कर्श निकालेको थियो ।
नेपालमा भइरहेको किसानमाथिको बित्तीय साम्राज्यबादी शोपाण पुरातना सामन्तबादी शोषणबाट यसलार्य मुक्त गर्न र देशलाई सही दिशा दिन निम्न मागहरु अघि सार्दै ब्यापक राष्ट्रिय जागरण र संघर्षको बिकास गर्ने आवश्यकता औंल्याएको थियो ।
१. कृषि किसान र राष्ट्रियताको संरक्षण गर्ने
२. जल जमिन जंगल जडीबुटीमाथि किसानको स्वामित्व कायम गर्ने
३. किसानलाई सम्पूर्ण ऋणहरूबाट मुक्त गर्ने
४. मिटरव्याजी सहकारी तथा लघुवित्त ठगहरूलाई सख्त कारवाही गर्ने
५. कृषि उपजको न्यूनतम प्रगतिशील लाभप्रद मूल्य निर्धारण गर्ने
६. बिउ तथा जमिन माथिको वहुराष्ट्रिय कम्पनीको हस्तक्षेप अन्त गर्दै बिउ र जमिन माथिको सम्प्रभूता सुनिश्चित गर्ने
७. खाध्य सम्प्रभूता कायम गर्न आवश्यक सम्पूर्ण कदम चाल्ने
८. वित्तिय दलाल पुंजीवाद सामन्तवाद र साम्राज्यवाद विरुद्ध सशक्त संघर्ष गर्ने
९. वातावरण दोहनले निम्त्याएको जोखिम न्यून गर्न संघर्षरत रहदै लोपोन्मुख जैविक विविधतालाई संरक्षण गर्ने
१०. वित्तिय संस्थाहरू बैंक लघुवित्त सहकारीबाट किसानलाई जमिनको स्वामित्वबाट वन्चित गर्ने कार्य बन्द गर्ने
११. किसानलाई सम्मानित राष्ट्रिय उत्पादक शक्तिकोरुपमा राख्ने पेन्शनको व्यबस्था गर्ने ।
नेपालपत्र संवाददाता