बुधबार, भाद्र ३ गते २०८३

आज वित्तीय बजारबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक


बैशाख २, २०८३ बुधबार
आज वित्तीय बजारबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आज वित्तीय बजारबाट ४० अर्ब रुपैया प्रशोचन गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभागले २०८३ वैशाख २ गते दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत निक्षेप संकलन उपकरणमा बोलकबोल आह्वान गरेको हो । केन्द्रीय बैंकका अनुसार सोही दिन निष्काशन हुने उक्त उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ भने साँवा तथा ब्याज २०८३ जेठ २७ गते भुक्तानी गरिनेछ। न्यूनतम १० करोडदेखि ५ करोड रुपैयाँको गुणनफलमा बोल दिन सकिनेछ । यस उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।