बुधबार, भाद्र ३ गते २०८३

अमेरिकी–इज्रायली ईरान बिरोधी युद्ध र  बिश्व राजनीतिक समीकरणको नयाँ अबस्था


चैत्र ३०, २०८२ सोमबार
अमेरिकी–इज्रायली ईरान बिरोधी युद्ध र  बिश्व राजनीतिक समीकरणको नयाँ अबस्था
लोकनारायण सुबेदी
अमेरिका र इज्रायल मिलेर मध्यपूर्बको पुरानो सभ्यताको देश ईरानमाथि गरेको भिषण आक्रमणको प्रतिरोध ईरानले जुन दृढता र शक्तिकासाथ गर्यो त्यसले बिश्व राजनीतिमा नयाँ समीकरणको प्रादुर्भाब गराएको छ । यो संघर्ष अझ बढ्दै गएको खण्डमा आफ्नो स्थिति झन नाजुक हुने र बिश्व बर्चश्व अझ गुम्ने देखेर आक्रमणकारी अमेरिकाले नै बार्ताको कार्ड फालेको र समस्या समाधानको बाटो लाग्नेभन्दा पनि बर्चश्व जोगाउने बाटो खोज्नका लागि समय किन्ने दाउमा अमेरिका रहेको देखिएको छ । 
अमेरिका र इज्रायलले बढीमा एक साताभित्रै यो संघर्षमा बिजयी बनेर पुनः बर्चश्वशाली बन्ने जुन युछ अहंकारको बाटो पक्रिएका  थिए त्यसो हुन ईरानले दिएन । उसले बिश्वमा अमेरिकी हाल हुकुम र हैकमलाई चूनौति दियो । फलतः अब बिश्वमा बर्चश्वचको समीकरण बद्लिने स्थिति बिकसित भएको छ । यस युद्धमा शक्तिशाली मानिदै आएको अमेरिका कमजोर बन्न र ठहरिन पुगेको छ । अनि यसको सोझो रणनीतिक लाभ भने रुस र चीनलाई मिल्ने स्थिति बनेको बिश्व बिश्लेषकहरुले औंल्याउन थालेका छन्  । यसले मध्यपूर्बमा अमेरिकाको भूमिकामा निकै नै ठूलो असर परेकोछ । त्यस क्षेत्रको सुरक्षाको एक मात्र सुनिश्चितकर्ता(ग्यारेण्टर) मानिएको अमेरिकाको  बिशवसनीयतमाथि नै अब सन्देश खडा भएको र  प्रश्न उठ्न थालेको छ । 
यो ईरानसँगको हालैको अमेरिकी–इज्रायली  सैनिक टक्कर र त्यसपछि लागु भएको दुइ हप्ते युद्ध बिरामले बिश्व शक्ति सन्तुलनमा नयाँ किसिमले प्रभाव पार्न थालेको देखिएको छ । अहिले अन्तर्राष्ट्रिय सुरक्षा बिशेषज्ञहरुले के औंल्याइरहेका छन्भ ने यस घटनाले २१ बताब्दीको महाशक्ति राष्ट्र बीचको प्रतिस्पद्र्धामा  अमेरिकी स्थितिलाई बिभिन्न मोर्चामा कमजोर तुल्याएको देखिएको छ । यसबाट चीन र रुसलाई अप्रत्यक्ष नै सही तर महत्वपूर्ण लाभ प्राप्तभएको बस्तुगत लेखाजोखा गरिदैछ  ।यसरी मध्यपूर्बमा अमेरिकाको रहिआएको पकड मजोर बन्न पुगेको देखिएको छ ।
यस संघर्षको सबैभन्दा सोझो र प्रत्यक्ष असर मध्य पूर्बमा रहेको अमेरिकी भूमिकामाथि परेको छ । अमेरिका दशकौंदेखि त्यस क्षेत्रको सुरक्षा सुनिश्चित कर्ताकोरुपमा खडा भएको र रहेको मानिदै आएको थियो । तर यो संघर्ष पछि उसको त्यो स्थिति रहेन । उसको बिश्वसनीयतामाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ । घटना क्रमको अध्ययन गरिरहेका बिशेषज्ञहरु के भन्दैछन् भने मध्यपूर्बका खाडी देशहरु जस्तो साऊदी अरब, संयुक्त अरब इमिरेट्स(यूएई) र कतारले अब आफ्नो सुरक्षा र आर्थिक साझेदारीका लागि नयाँ बिकल्प खोज्न पर्ने र खोज्न सक्ने स्थिति सिर्जना भएको छ । त्यस क्षेत्रमा बिकसित भएको यो परिबर्तनले चीन र रुसका लागि ठूलो अवसर प्रदान गरिदिन सक्ने देखिएको छ । चीन पहिलादेखि नै साऊदी अरब र ईरानका बिचको सम्वन्ध सामान्य तुल्याउनका लािग मध्यस्थतााको भूमिका निर्बाह गर्दै आएको पनि छ । अर्कोतिर रुसले पनि सीरिया र ईरानसँग आफ्नो सम्वन्ध सबल तुल्याउँदै आएको र त्यस क्षेत्रमा निरन्तर प्रभाव पारिरहेको छ । त्यस महत्वपूर्ण क्षेत्रमा यसरी अमेरिकाको गिर्दो प्रभाव र पकडले त्यो क्षेत्रमा चीन र रुसको प्रभाव  र पकड बढ्दै जाने स्थिति अझ बिकसित र बलियो बनाएको छ ।
Xi-trump.webp
यसै परिप्रेक्षमा महत्वपूर्ण र गम्भीर अन्य बिभिन्न प्रश्नहरु पनि उठिरहेका छन् कि युद्ध बिरामको अमेरिक–ईरान बीचको ईस्लामाबाद बर्ता किन असफल भयो ? किन अमेरिकामाथि भरोसामा कमी आयो ? के रणनीतिक फोकस(केन्द्र बिन्दू) फरक भएको हो ?आदि ईयादि । ईरानसँगको संघर्षले अमेरिकाको रणनीतिक प्राथमिकताहरुलाई पनि निकै मात्रामा प्रभाव पारेको देखिदैछ । अमेरिकी ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षा रणनीति मूख्यरुपमा एशिया–प्रशान्त क्षेत्र र पश्चिमा गालद्र्धमा केन्द्रित थियो । तर अब अहिलेको ईरानसँगको युद्धले उसको ध्यान र संसाधनहरुलाई पुनः मध्यपूर्बतर्फ मोडिदिएको औंल्याइदैछ । यस परिबर्तनको प्रभाव के पर्छ र हुन्छ भने अन्य रणनीतिक क्षेत्रमा  उसको ध्यानमा कमी आउँदछ । सैन्य र कूटनीतिक संशाधनहरुको बितरणमा पनि प्रभाव पर्दछ र परेको छ । नाटोका उसका सहयोगीहरुकासँगको मतभेद अहिले पहिले कहिल्यैभन्दा चर्केको देखिएको छ । रणनीतिक कौशलका ज्ञाता बिशेषज्ञहरु पहिलेभन्दा थप के मान्दैगरेका छन् भने  यो रिक्त स्थानलाई अब चीन र रुसले भर्ने देखिएकोछ । उनीहरुले त्यो क्षेत्रमा थप प्रभाव बढाउने स्थिति बनेको छ र त्यस्तो कोशिश पनि उनीहरुले गरिरहेका छन् ।
आखिर अमेरिका–ईरान बार्ता असफल किन बन्यो ? के यो बार्ता असफल हुनुमा तेहरानको कुनै चाल छ त  ? भन्ने प्रश्न पनि उठिरहेको छ । बद्लिदो आजको बिश्व समीकरणमा कसको हात बढ्दो छ ? आर्थिक मोर्चामा अमेकिालाई निकै ठूलो झट्का यस संघर्षमा लागेको र संघर्षको आर्थिक प्रभाव महत्वपूर्ण रहेको समेत निष्कर्श निकालिदै छ  । हर्मुज जलडमरुमध्य जहाँबाट बिश्व तेल आपूर्तिको २० प्रतिशत आपूर्ति हुने गर्दछ, त्यहाँ उत्पन्न भएको युद्ध जन्य तनाब र अनिश्चितताले गर्दा बिश्व ऊर्जा बजारमा ठूलो अस्थिरता र खबलबली पैदा भएको छ । 
तेलको मूल्यमा ठूलो उछालको असर र दबाब बढेको छ । अमेरिकामा ईन्धनमा आएको मँहगीले आपूर्ति श्रृंखलमा ठूलो दबाब परिरहेको छ । अमेरिकामा  घरेलु आर्थिक चूनौतिहरु पनि गहिरिएका छन् । यसको बिपरीत रुसलाई भने उच्च ऊर्जा मूल्य प्राप्त भइरहेको र फाइदा बढिरहेको छ । जसबाट रुसको निर्यात राजश्वमा ठूलो बृद्धि भएको छ ।अर्कोतिर चीनल जसले पहिलादेखि नै ऊर्जा श्रोतहरुमा बिबिधता र भण्डारणलाई सबल तुल्याउँदै आएको छ, युद्धको अहिलेको झट्कालाई अपेक्षाकृत राम्रो किसिमले सम्हाल्न सफल भएको छ । 
ईरान–अमेरिकाका बीच बढ्दो तनाबमा कुनै कमी आएको छैन । ईस्लामाबाद बार्ता बिफल  भए पछिको स्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनी, नौसैनिक नाकाबन्दीको संकेत तथा बिश्व नेतृत्वको छबिमाथि परेको असर जस्ता सबै घटना क्रमको सबैभन्दा ठूलो प्रभाव आज बिश्वको अमेरिकी छबिमाथि परेको छ । ईरानसँगको युद्धको बेलाको आक्रामक प्रबृत्ति र बिरोधाभाषपूर्ब बक्तब्यबाजीको सबैभन्दा ठूलो प्रभाव नै अमेरिकाको बिश्वासनीयतमाथि परेको नोक्सानीलाई  औंल्याइदैछ । 
बिशेषज्ञहरु के भनिरहेका छन् भने यसबाट अमेरिकाको एकथरीले मान्दै आएको निष्पक्ष मध्यस्थताको छबि कमजोर हुनु पुगेको छ । त्यसको बिपरीत चीनले संघर्ष बिरामलाई समर्थन गरेर स्वयंलाई बिश्वसामु एउटा जिम्मेवार र उदाउँदो बिश्व मध्यस्थकर्ताकोरुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छ । यसरी चीन र रुसको बढ्दो बिश्व भूमिका उनीहरुले यस स्थितिको रणनीतिक फाइदा उठाउने स्थितिमा देखिएका छन् । चीनले  कूटनीतिक पहल र आर्थिक लगानीको माध्यमबाट आफ्नो पकड सबल तुल्याइरहेको छ । रुस ऊर्जा निर्यात तथा सैन्य सम्वन्धको माध्यमबाट प्रभाव बढाइरहेको छ । यी दुबै देश मिलेर बिश्व शक्ति सन्तुलनमा अमेरिकी प्रभूत्व र पकडलाई चूनौति दिने दिशामा अगाडि बढिरहेको र अझ बढ्ने स्थिति देखिदैछ । बिशेषज्ञहरुका अनुसार बिश्व राजनीतिलाई नयाँ दिशामा यी घटना क्रमले आउँदा दिनमा अझ उच्चाई लिनसक्नेछन् । यस स्थितिमा अमेरिकाले आफ्नो रणनीति तथा प्राथमिकताहरुमा पुनर्मूल्यांकन गर्नै पर्ने स्थिति बिकसित भएको छ । प्रष्ट छ यस स्थितिमा चीन र रुसले यस स्थितिबाट आफ्नो प्रभाव जमाउने र भूमिका खेल्ने छन् । यसले बिश्वमा शान्ति र बिकासको साझा बाटो अख्तियार गर्ने बिश्वास बढ्न सक्ने बिश्व बिश्लेषकहरु औंल्याइरहेका छन् ।