शुक्रबार, कार्तिक ७ गते २०८३

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा जोखिम बढ्योः आईएमएफ


चैत्र २७, २०८२ शुक्रबार
मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा जोखिम  बढ्योः आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा जोखिम बढ्दै गएको  जनाएको छ । उसले   प्रत्येक देशका सरकार तथा वित्तीय निकायहरूले कमजोर वर्गलाई लक्षित गरी सीमित र अस्थायी सहयोग कार्यक्रम ल्याउनुपर्नेमा जोड  दिएको छ ।यस्ता कार्यक्रम मध्यम अवधिको आर्थिक योजनासँग मेल खाने हुनुपर्ने आईएमएफले जनाएको छ । 

 विश्वभर   मुद्रास्फीति बढ्ने संकेत देखिएमा ब्याजदर समायोजनमार्फत नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी, वित्तीय नियामक निकायहरूलाई लचिलो र छिटो प्रतिक्रिया दिनसक्ने बनाउनुपर्ने आवश्यकता औं ल्याउँदै  वर्तमान विश्व आर्थिक अवस्था अत्यन्त परिवर्तनशील रहेको बताइएको छ। 

आईएमएफले सदस्य राष्ट्रहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै मध्यपूर्व द्वन्द्वका कारण छोटो अवधिमा भुक्तानी सन्तुलनका लागि २० अर्बदेखि ५० अर्ब डलरसम्मको सहयोग आवश्यक पर्न सक्ने अनुमान  गरेको छ ।