शुक्रबार, कार्तिक ७ गते २०८३

पेट्रोलियम पदार्थ भन्सार करमा ५० प्रतिशत छुट दिने सरकारकाे निर्णय


चैत्र २४, २०८२ मंगलबार
पेट्रोलियम पदार्थ भन्सार करमा  ५० प्रतिशत छुट दिने सरकारकाे निर्णय

पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ। सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हाे । पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

खाडीक्षेत्रमा भइरहेकाे युद्धका अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थकाे मुल्यवृद्धि भएकाले नेपालमा पनि यसकाे प्रभाव बढेकाे छ। आयल निगमले यसअघि ३ पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिसकेको छ। मन्त्रि परिषद्को अहिलेको निर्णयपछि तत्काल थप मुल्यवृद्धि नहुने र उपभोक्तालाइ राहत पुग्नेछ अपेक्षा गरिएकाे छ। 

आवश्यक परे सवारी साधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागू गर्ने, वर्क फ्रम हाेम लागु गर्ने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिने समेत मन्त्रिपरिषद् बैठकमा  छलफल भएकाे छ ।