बुधबार, भाद्र ३ गते २०८३

बैंक तथा वित्तीय संस्थामा दुई दिने साप्ताहिक विदा, राष्ट्र बैंकले गर्‍यो सर्कुलर


चैत्र २३, २०८२ सोमबार
बैंक तथा वित्तीय संस्थामा दुई दिने साप्ताहिक विदा, राष्ट्र बैंकले गर्‍यो सर्कुलर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा दुई दिने सप्ताहन्त बिदा लागू गरेको छ। वि.सं. २०८२ चैत २३ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ। यो व्यवस्था “क”, “ख”, “ग” र “घ” वर्गका बैंक, पूर्वाधार विकास बैंक तथा नेपाल क्लियरिङ हाउस लिमिटेडमा समेत लागू हुनेछ।

सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म रहनेछ। जाडो समयमा भने कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय अपरान्ह ४ बजेसम्म सीमित गरिनेछ। यो व्यवस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ अनुसार लागू गरिएको हो।