शुक्रबार, कार्तिक ७ गते २०८३

तरलता व्यवस्थापन गर्न आज ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक


चैत्र २२, २०८२ आइतबार
तरलता व्यवस्थापन गर्न आज ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारको तरलता व्यवस्थापन गर्ने उद्देश्यले ५६ दिन अवधिको लागि रु. ४० अर्ब बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त रकमका लागि बोलकबोल आज (चैत २२ गते) दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत हुनेछ भने सोही दिन निष्काशन गरिनेछ। यस उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिने व्यवस्था गरिएको छ।

सूचनाअनुसार “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। न्यूनतम रु. १० करोडदेखि ५ करोडका गुणकमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। साथै, उक्त उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १७ गते हुने तय गरिएको छ।