बुधबार, भाद्र ३ गते २०८३

ओम साई नागलक्ष्मीको २३औं साधारणसभाले चुन्यो नयाँ सञ्चालक समिति

मंसिर ५, २०७८ आइतबार
ओम साई नागलक्ष्मीको २३औं साधारणसभाले चुन्यो नयाँ सञ्चालक समिति

 

ओम साई नागलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

काठमाण्डौको सबलबहालमा रहेको संस्थाले हालै साधारणसभा सम्पन्न गरेको हो । सभाले आगामी ४ वर्षे कार्यकालका लागि काशी नाथ पन्तको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा मोहनी लाल न्यौपाने, सचिवमा जय भोला श्रेष्ठ, कोषाध्यक्षमा नवराज थापा, सञ्चालक सदस्यहरुमा माधव प्रसाद चौलागाईं, ईश्वर निधि पान्डे, कुसुम कटुवाल चयन भएका हुन् । 

त्यसैगरी संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा दिनेश शाक्य तथा सदस्यद्वयमा राजकुमार बस्नेत र बच्चुराम केसी रहेका छन् ।