शनिबार, कार्तिक ८ गते २०८३

बागमती प्रदेश सहकारी संघको आयोजनामा अन्तर संवाद तथा खाना वितरण कार्यक्रम


चैत्र २०, २०८२ शुक्रबार
बागमती प्रदेश सहकारी संघको आयोजनामा अन्तर संवाद तथा खाना वितरण कार्यक्रम

 बागमती प्रदेश सहकारी संघले ६९ अ‍ेों राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर संवाद तथा खाना वितरण कार्यक्रम  सम्पन्न गरेको छ । बागमती प्रदेशस्तरीय सहकारी अभियान र प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको संयुक्त आयोजनामा सहकारीको वर्तमान कानुनी व्यवस्था र प्रादेशिक पहल विषयक एक दिवशीय अन्तर संवाद कार्यक्रम  सम्पन्न भएको हो ।  त्यसैगरी संघले ललितपुर महानगरपालिका वडा न.२४ मा रहेको मानवसेवा आश्रममा खाना वितरण कार्यक्रम सम्पन्न  गरेको छ ।

  त्यसैगरी धापाखेल स्थित मानवसेवा आश्रममा रहेका ५२ जनालाई खाना वितरण  गर्रिको थियो । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता, व्यवस्थापक रुपक घिमिरेको सञ्चालन, बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री  मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको पहिलो चरणमा प्रादेशिक सहकारी नियमनका विषयमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत राम प्रसाद गजुरेलले कार्यपत्र प्रस्तुत गरेका थिए  ।  

मन्त्रालयका महाशाखा प्रमुख उमेश दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि  पौडेलले बागमती प्रदेश सरकारले सहकारीको  नियमन व्यवस्थित र मर्यादित बन्दै गएको र यसलाई निरन्तरता दिन आग्रह गरे । यस अघि बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस मनाउँदै आएकोमा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय काठमाडौं उपत्यकामा स्थापना भए पश्चात्  काठमाडौं उपत्यकामा प्रादेशिक स्तरको सहकारी दिवश मनाउन शुरु गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौंलागाईंको विशेष आतिथ्यता, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख उमेश कुमार दाहाल, प्रदेश सहकारी रजिष्ट्रार प्रदिपराज पौडेल, बागमती प्रोस्कूनका अध्यक्ष उध्दव सापकोटा लगायतको आतिथ्यता रहेको  थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको नव निर्वाचित सञ्चालक समितिलाई सम्मान गरिएको थियो ।

658242578_1270106968561142_2529627891719070244_n.jpg