बुधबार, भाद्र ३ गते २०८३

हाम्रो साकोसको २३औं साधारण सभा सम्पन्न, शेयर पूँजी १४ करोड माथि

मंसिर ५, २०७८ आइतबार
हाम्रो साकोसको २३औं साधारण सभा सम्पन्न, शेयर पूँजी १४ करोड माथि

 

ललितपुरको लगनखेल स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा तथा एकीकृत साधारण सभा  सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षतामा एंव  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको  प्रमुख आतिथ्यतामा सभा सम्पन भएको हो ।

त्यस्तै सभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाई लगायतको आतिथ्यता रहेको थियो ।

hamro saccoss.jpg

साधारण सभाले संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयाल तथा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नारायण थापा, ले प्रस्तुत गरेको प्रतिवदन र कोषाध्यक्ष विदुरप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट पारित गरेको छ ।

कात्तिक २७ गतेबाट साधारण सभा सुरु गरेको साधारण सभाको मंसिर ४ गते समापन सभा गरिएको थियो । संस्थामा २०७८ असार मसान्तसम्ममा कुल ५ हजार ९ सय ३२ जना सदस्य आवद्ध भएका छन् ।

१४ करोड ६५ लाख ७९ हजार सेयर पुँजी रहेको संस्थाले अघिल्लो आर्थिक वर्षमा १ अर्ब १२ करोड ५२ लाख ८७ हजार रुपैयाँ बचत संकलन गरेको थियो ।

सोही अवधिमा संस्थाले १ अर्ब १९ करोड ३ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको थियो । त्यस्तै संस्थाको कुल सम्पत्ती १ अर्ब ४८ करोड ९७ लाख ४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

२०७६ मंसिर ३० गते हाम्रो नमुना बचत तथा ऋण सहकारी, हाम्रो थैली बचत तथा ऋण सहकारी र सेवक बचत तथा ऋण सहकारी संस्था एकीकरण भई हाम्रो बचत तथा ऋण सहकारीको नामबाट कारोबार गर्दै आएको छ । संस्थाले हालसम्म तीन वटा सहकारी एकीकरण सम्पन्न गरिसकेको छ ।