शुक्रबार, कार्तिक ७ गते २०८३

विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि, १४ खर्ब ४९ अर्ब ६५ करोड भित्रियाे


चैत्र २०, २०८२ शुक्रबार
विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि, १४ खर्ब ४९ अर्ब ६५ करोड भित्रियाे

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई रु. १४४९ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि ९.५ प्रतिशत मात्र रहेको थियो। फागुन महिनामात्रै रु. १८८ अर्ब ६४ करोड विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको रु. १५१ अर्ब १९ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह ३१.० प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि ७.१ प्रतिशत मात्रै थियो। यसैबीच, खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर रु. १५९१ अर्ब ६६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको रु. ११४९ अर्ब ३० करोडभन्दा धेरै हो। 

यद्यपि, वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको संख्या भने घटेको छ। समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ, जुन अघिल्लो वर्षको ३ लाख १७ हजार ६८ भन्दा कम हो। तर, पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेर २ लाख ५१ हजार ९८५ पुगेको छ।