शुक्रबार, कार्तिक ७ गते २०८३

आठ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति: यस्ता छन् प्रमुख सूचक


चैत्र १९, २०८२ बिहीबार
आठ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति: यस्ता छन् प्रमुख सूचक

चालु आर्थिक वर्ष २०८२–८३ को आठ महिनासम्मको तथ्याङ्कले नेपालको समग्र आर्थिक तथा वित्तीय सूचकांकले अर्थतन्त्र क्रमिक सुधारको संकेत देखाएका छन् । विशेषगरी मुद्रास्फीति नियन्त्रणमा रहनु, विदेशी विनिमय सञ्चिति उच्च स्तरमा पुग्नु र शोधनान्तर बचत उल्लेखनीय हुनु सकारात्मक पक्षका रूपमा देखिएका छन् । नेपाल राष्ट्र बैंकद्वारा जारी फागुन मसान्तसम्मकाे तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले प्रमुख आर्थिक सूचकहरू यसप्रकार देखाएकाे छः

  • मुद्रास्फीति: ३.६२ प्रतिशत
  • कुल विदेशी विनिमय सञ्चिति: रु. ३४१३ अर्ब ७७ करोड (अमेरिकी डलर २३ अर्ब ८ करोड)
  • आयात धान्ने क्षमता: १८.५ महिना
  • चालु खाता: रु. ५५२ अर्ब ८५ करोड बचत
  • शोधनान्तर स्थिति: रु. ६५८ अर्ब ३५ करोड बचत
  • विप्रेषण वृद्धि: रुपैयाँमा ३७.७ प्रतिशत, डलरमा ३१ प्रतिशत
  • फागुनसम्म विप्रेषण: रु. १८८ अर्ब ६४ करोड
  • निर्यात वृद्धि: २०.८ प्रतिशत
  • आयात वृद्धि: १२.५ प्रतिशत
  • सरकारी खर्च: रु. ९२६ अर्ब ५९ करोड
  • राजस्व संकलन: रु. ७४७ अर्ब २८ करोड
  • विस्तृत मुद्राप्रदाय वृद्धि: ६.७ प्रतिशत (वार्षिक १४.५ प्रतिशत)
  • निक्षेप वृद्धि: ६.६ प्रतिशत (वार्षिक १५.१ प्रतिशत)
  • निजी क्षेत्र कर्जा वृद्धि: ४.४ प्रतिशत (वार्षिक ६.७ प्रतिशत)
  • अन्तरबैंक दर: २.६८ प्रतिशत
  • ९१ दिने ट्रेजरी बिल ब्याजदर: २.४७ प्रतिशत
  • निक्षेप ब्याजदर (औसत): ३.४५ प्रतिशत
  • कर्जा ब्याजदर (औसत): ६.९० प्रतिशत