बुधबार, भाद्र ३ गते २०८३

आजदेखि एसइई परीक्षा सुरु


चैत्र १९, २०८२ बिहीबार
आजदेखि एसइई परीक्षा सुरु

काठमाण्डाै। माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ। पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा देशभरका १,९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भएको छ परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ।

चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन्, जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। जापानस्थित एक केन्द्रमा २३ जना सहभागी भएका छन्। अपाङ्गता भएका विद्यार्थीलाई अतिरिक्त १ घण्टा ३० मिनेट समय र कक्षा ९ सम्म अध्ययन गरेका लेखन सहयोगीको व्यवस्था गरिएको छ।