शुक्रबार, कार्तिक ७ गते २०८३

२५ अर्ब तरलता प्रशाेचन गर्दै राष्ट्र बैंक


चैत्र १८, २०८२ बुधबार
२५ अर्ब तरलता प्रशाेचन गर्दै राष्ट्र बैंक

 

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ३९ दिन अवधिको रु. २५ अर्ब बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै सो उपकरणका लागि आज बोलकबोल आह्वान गरेको छ।

सूचना अनुसार बोलकबोल प्रक्रिया दिउँसो ३:०० बजेसम्म अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन हुनेछ। यही दिन निष्काशन हुने उक्त उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ वैशाख २७ गते तोकिएको छ। बोलकबोलमा सहभागी हुन न्यूनतम रु. १० करोड प्रस्ताव गर्नुपर्नेछ भने अधिकतम रकम कुल आह्वान रकमभित्र पर्ने गरी ५ करोड रुपैयाँले भाग जानेगरी प्रस्ताव गर्न सकिनेछ।

यस उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा समेत धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।