बुधबार, भाद्र ३ गते २०८३

चमेली कल्याणकारी साकोसले पायो प्राधिकरणबाट बचत ऋणको कारोबार गर्न इजाजत


चैत्र २, २०८२ सोमबार
चमेली कल्याणकारी साकोसले पायो प्राधिकरणबाट बचत ऋणको कारोबार गर्न इजाजत

चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले‘संस्था सञ्चालन इजाजतपत्र’ लिएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संस्था सञ्चालन इजाजत पत्र लिएको हो । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि दर्ता अभिलेखीकरण सुरु गरेसँगै चलेली कल्याणकारीले पनि इजाजतपत्र लिएको जनाएको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्था सञ्चालन इजाजतपत्र प्रदान गरिएको प्राधिकरणले जनाएको छ । संस्थाको इजाजतपत्र नं.२०५९ –००६८४ रहेको छ । जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र सूयविनायक नगरपालिका भर रहेको छ । सहकारी प्राधिकरणले गत मसीर १० गतेबाट संस्थाहरुलाई इजाजतपत्र प्रदान गर्नको लागि सफ्टवेयर मार्फत दर्ता खुला गरेको थियो । 

यस आर्थिक बर्षको माघ मसान्तसम्म संस्थाको शेयर पूँजी ६ करोड ६६ लाख ४३ हजार,जगेडा कोष ९ करोड ५१ लाख ८२ हजार र कुल संस्थागत पूँजी ९ करोड ८९ लाख ६६ हजार रहेको छ ।  संस्थाले त्यस अवधिमा  ७९ करोड ८३ लाख बचत संकलन गरी  गरी ६८ करोड ७९ लाख ६९ हजार ऋण लगानी गरेको छ । त्यस अवधिमा संस्थाको  कुल सम्पत्ति  १ अर्व ३ करोड ६९ लाख ५८ हजार पुगेको छ ।  । संस्थामा  ५ हजार १ सय ७७  सदस्य आवद्ध रहेका छन् ।