आइतबार, आश्विन १८ गते २०८३

निगमले आधा सिलिन्डर ग्यास वितरण गर्ने


फाल्गुण २८, २०८२ बिहीबार
निगमले  आधा सिलिन्डर ग्यास  वितरण गर्ने


नेपाल आयल निगमले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियल पदार्थ  तथा एल.पि.ग्यासको आपूर्तिमा भएको असहजताको कारण भोलिदेखी बजारमा  आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ ।

भोलीबाट निगमले उपभोक्तालाई ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास उपलब्ध गराउने  भएको हो । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको निगमले जनाएको छ ।  आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने  भएकाले  यो नीति लिइएको निगमले जनाएको छ । 

यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने प्रवृत्ति पनि घट्ने निगमको दाबी छ । हालको परिस्थितिलाई दृष्टिगत गरी एल.पि. ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध गराउने निगमले जनाएको छ ।