ठिमी, भक्तपुर । ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्षमा गएको मार्च ८ का दिन नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यलयमा नयाँ ठिमीमा अखिल नेपाल प्रगतिशील महिला संघले आयोजना गरेको कार्यक्रमका बोल्ने सबै बक्ताहरुले जबसम्म महिलाहरु बर्गीय शोषण र सबै खाले सामाजिक उत्पीडनबाट मुक्त हुँदैनन् तबसम्म कुनै पनि समाजमा बैज्ञानिक समाजबाद आउदैन भन्ने कुरा स्पष्ट पारे ।

उक्त कार्यक्रममा अतिथिको आसनबाट बोल्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले मुलुक आज राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले गर्दा अत्यन्तै संगीन घडीबाट गुज्रिरहेको र यसको सबैभन्दा बढी बोझ र पीडा महिलाहरुमाथि पर्ने कुरा उल्लेख गर्दै नेपालका र बिश्वका महिलाहरुले बिगतमा खेलेको अत्यन्त महत्वपूर्ण र संघर्षशील भूमिकालाई खासगरी १९१७ मा रुसमा महिलाहरुले साम्रज्यबादी युद्ध बिरोधी शान्ति र भोजनका निमित्त गरेको सफल ४ दिने हडताल पछि यो दिवस ८ मार्चमा मनाउन थालेको स्मरण गर्दै आज महिलाहरुले हिजो कहिल्यैभन्दा बढी सचेत, बढी संगठित र बढी संघर्षशील हुनु पर्ने राष्ट्रिय आवश्यकता खडा भएको बताउनु भयो । उहाले बिश्वका शोषित पीडित महिलाहरुलाई त्यसबाट मुक्त गर्न जर्मनी समाजबादी बिश्व महिला नेतृहरु क्लारा जेटकिन र रोजा लक्जेम्बर्ग जस्ता मार्ग दर्शक नेतृहरु, जेनी मार्क्स र क्रुप्सकाया जस्ता अत्यन्तै संघर्षशील महिलाहरुबाट एकातिर प्रेरणा लिनु पर्दछ भने अर्को तर्फ साम्राज्यबादका बिरुद्ध नालापानीमा बच्चा पिठ्यौमा बोकेर पुरुसहरुसँगसँगै लड्ने बीर नेपाली महिलाहरु, १९९८ सालमा राणा शासानको थिचोमिचो र सामाजिक उत्पीडनका बिरुद्ध जन चेतना जगाउने, महिलाहरुलाई संगठित गर्ने समाजसुधारका निम्ति राणा शाहीको दमनका बाबजदु ६७ जना अनुयायीकासाथ जल समाधी लिदै सामुहीकरुपमा खोलामा हाम फालेर आत्म बलिदान गर्ने योगमाया नेउपाने जस्ता बीर महिलाहरु, तथा राणा शासनकै बेला शिक्षा र मताधिकारको माग राखेर राणा पद्म समशेरलाई ज्ञापन पत्र दिने अग्रज महिलाहरुलाई पनि सम्झदै राणा शासनका बिरुद्ध, पञ्चायती शासनका बिरुद्ध तथा राजशाहीका बिरुद्ध २०१७, २०४२, २०४६ का जन आन्दोलनहरु, दश बर्षे माओबादी जनयुद्ध र २०६२/६३ सालकाे बृहत संयुक्त जन आन्दोलनमा महिलाहरुले खेलेको सशक्त क्रान्तिकारी भूमिकालाई पनि सधै सधै सम्झिदै आज महिला अधिकारकसासाथै राष्ट्र, राष्ट्रियता, जनजीबिका र जनतान्त्रिक अधिकारका निम्ति संंयुक्त आन्दोलनमा सशक्त किसिमले खडा हुन नसके देश र जनताको अस्तित्व नै खतम हुन जाने स्थिति खडा भएको उहाँले बताउनु भयो र संम्पूर्ण महिलाहरु यसका बिरुद्ध एकजुट भएर अघि बढ्न आठ मार्चले प्रेरणा दिएको औल्याउँदै त्यस दिशामा अघि बढ्न र संघर्षशील बन्न महिलाहरुलाई शुभ कामना दिनु भयो ।

कार्यक्रममा बोल्नु हुदै नेकपाका सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख लक्ष्मण उप्रेतीले यो अन्तर्राष्ट्रिय महिला दिवसलाई बडो हल्का रुपमा लिएर यसलाई रमाईलो र नाचगानको बिषय बनाउने, अर्थबाद र उपभोक्तबादमा अल्मल्याउने अनि यसको मूल धेय बैज्ञानिक समाजबाको दिशामा अग्रसर गराउने मूलबाटोबाट बिचलित तुल्याउने काम औसरबादी,संशोधनबादी र बुर्जुवा शक्तिहरुबाट भइरहेको छ त्यसलाई सही ढंगले चिर्न नसकेसम्म अग्रामी परिबर्तनको एउटा मूख्य शक्ति महिलाहरुको यो आन्दोलने सार्थकता पाउँदैन भन्नु भयो ।

अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघका संयोजक तथा नेकपाका सचिवालय सदस्य महादीप पोखरेलले महिलाहरुलाई शुभकामना दिदै भन्नु भयो श्रम शोषणका सामाजिक उत्पीडनका बिरुद्धको यो बिश्व आन्दोलनलाई बिभाजन गर्न र कमजोर पार्न षडयन्त्र भइरहेको र महिला आन्दोलन पुरुषका बिरुद्ध खडा गर्ने गरिएको कुराको भण्डाफोर गर्नु हुँदै यो महिला पुरुष एक भएर लड्नु पर्ने यो आन्दोलन हो र यसले महिलाको मात्र मुक्तिको खोजी गर्दैन पूरै समाजको मुक्ति नभई महिला मुक्ति पनि सम्भब छैन भन्ने महत्वपूर्ण कुरा अघि सार्दछ भन्ने औंल्याउनु भयो । उहाँले यतिबेला हाम्रो देशमा साम्राज्यबादी षडयन्त्र तीब्र हुँदै गएको र नेपाललाई भू राजनीतिक संकटको चक्रब्यूहमा धकेल्ने प्रयास भइरहेको र हामी सम्पूर्ण नेपाली देशभक्त जनताहरु चनाखो र संघर्षशील हुनु पर्ने बताउँदै साम्राज्यबादीहरुले चलाउने युद्ध र त्यसबाट उत्पन्न हुने पर्याबरणको समस्याले पनि महिला समस्यालार्ई झन जटील तुल्याएको छ र त्यसप्रति पनि सँगसँगै हामीले ध्यान दिनु पर्दछ भन्ने कुरामा जोड दिनु भयो ।

अध्यक्षको आसनबाट बोल्नु हुँदै अखिल नेपाल प्रगतिशील महिला संघ इञ्चार्ज तथा नेकपाका सचिवालय सदस्य सीता सुबेदीले नेपाली कम्युनिष्ट आन्दोलनका प्रबर्तकत तथा मार्गदर्शक कमरेड पुष्पलालले कम्युनिष्ट घोषणापत्र प्रस्तुत गर्दै देखि नेपालका अन्य शोषित पीडित जनता मजदुर, किसान, यूवा बिद्यार्थी संगसँगै नेपाली महिलाहरुले पनि उनीहरुमाथिको बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त हुने नयाँ बाटोमा लाग्नु पर्ने कुरा सुस्पष्टरुपमा अघि सार्नु भयो र सही दिशा दिनु भयो नेपाली महिला आन्दोलनलाई बिश्व महिला आन्दोलनसँग जोड्ने काम उहाँले गर्नु भएको बताउनु भयो र महिलाहरू यस दिशामा संघर्षशील हुनु पर्ने बताउनु भयाे ।






कार्यक्रमा शिक्षिका हिमा पन्त पोखरेलले बालबालिकाक निमित रचित बाल सुलभ गीत मीठो भाकामा गाएर सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो भने उर्मिला महर्जन र रेबता श्रेष्ठले पनि महिला समस्या समाधानका बिषयमा जोड दिएर बोल्नु भएको थियो । यसरी यो बर्षको ८ मार्च महिला समस्यामा केन्द्रित भएर प्रगतिशील महिलाहरुले मनाएका थिए ।
नेपालपत्र संवाददाता