वितेकाे दशकको राजनीतिक प्रबृत्ति हेर्दा यस्तो लाग्थ्यो संसद भेडीगोठ हो र त्यहाँ उपस्थित हुने 'अधिकांश' जसो ठूला पार्टीका सांसदहरु भेडाबाख्रा जस्ता हुन् । तिनको काम हाजिर हुने, भत्ता पचाउने , निदाउने, ह्विप अनुसार ताली बजाउन ब्यूँझने र ल्याप्चे ठोक्ने जस्ताे मात्र हुन्थ्यो। ती आफै एक वा अर्को तरिकाले अनेक विसङ्गतिवादका बाहक जस्ता थिए।यी मुद्दाहरू माझ लाग्थ्यो बोल्ने त्यहाँ संसदमा कोही जनता र राष्ट्रका गम्भीर समस्यामा बाेल्ने मान्छे त थिए ।
अनि देश र राष्ट्र घातको खबरदारीको चासो कसैलाई त थियो ।त्यसैले अहिले,राजनीतिक आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर हेरौ त यसपटक संसदले प्रेम सुवाल जस्तो राष्ट्रको पहरेदार गुमाएको छ । याे भन्दा पहिलकाे संसदमा उहाले एमालेका प्रतिस्पर्धी नबराज गेलाललाई ३० हजारभन्दा बढी मतले जितेकाे थियाे । याे पटक ५ हजारभन्दा बढी मतले पराजित हुनु पुग्नु भयाे ।
नेपालपत्र संवाददाता