आइतबार, आश्विन १८ गते २०८३

समानुपातिकमा ५० प्रतिशत मत रास्वपालाई, २७ लाख गणना हुँदा साढे १३ लाख माथि


फाल्गुण २४, २०८२ आइतबार
समानुपातिकमा ५० प्रतिशत मत रास्वपालाई, २७ लाख गणना हुँदा साढे १३ लाख माथि

 

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म गणना भएकाे २७ लाख ४८ हजार ६९५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी फराकिलाे मतका साथ अग्रस्थानमा देखिएको छ।

मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले १३ लाख ८२ हजार ८२ मत प्राप्त गर्दै एक्लैले झण्डै आधा मत आफ्नो पक्षमा पार्न सफल भएको हाे। त्यसपछि दोस्रो स्थानमा रहेको नेपाली काँग्रेस ले ४ लाख ६९ हजार ४८६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को ३ लाख ७८ हजार ८९८ मत रहेको छ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी ले १ लाख ८१ हजार ८११ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ९३१ मतसहित पाँचौँ स्थानमा रहेको छ। यसैगरी, अन्य दलहरूको मत अवस्था यसप्रकार रहेकाे छः

  • श्रम संस्कृति पार्टी – ५६,३२६

  • राष्ट्रिय परिवर्तन पार्टी – ३६,४८०

  • जनता समाजवादी पार्टी, नेपाल – २४,२३३

  • जनमत पार्टी – १३,१६१

  • एकल चिन्ह चकिया – १२,२६२

  • नेपाल मजदुर किसान पार्टी – ११,३३७

  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – ९,०८६

  • राष्ट्र निर्माण दल नेपाल – ८,५७९

  • राष्ट्रिय जनमोर्चा – ८,४८४

  • नेपाल जनता संरक्षण पार्टी – ६,४३६

  • प्रगतिशील लोकतान्त्रिक पार्टी – ४,९६८

हालसम्मको मतपरिणामले परम्परागत ठूला दलहरूको मत आधार घट्दै गएको संकेत देखाउँदा नयाँ तथा साना दलहरूले उल्लेख्य मत पाएको देखिएको छ। रोचक पक्ष के छ भने अग्रस्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ले दोस्रो र तेस्रो स्थानका दलहरूको मत जोड्दा पनि बढी मत प्राप्त गरेको छ।