आइतबार, आश्विन १८ गते २०८३
मतपरिणाम २०८२

देशैभर रास्वपाको लहरः ४८ स्थानमा अग्रता लिइरहँदा काठमाण्डौ १ मा रञ्जु विजयी


फाल्गुण २२, २०८२ शुक्रबार
देशैभर रास्वपाको लहरः ४८ स्थानमा अग्रता लिइरहँदा काठमाण्डौ १ मा रञ्जु विजयी

 

काठमाण्डौ । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा अभूतपूर्व लहर देखिएको छ । निर्वाचन पछि मतगणना शुरु भएका ६३ मध्ये १ मा विजयी भएको रास्वपाले ४८ स्थानमा अग्रता कायम गरेको छ। नेपाली काँग्रेस पार्टीले ५ स्थानमा, नेकपा एमालेले ५ स्थान र नेपाली कम्युनिष्ट पार्टीले ३ स्थानमा अग्रता कायम गरेका छन् । 

काठमाण्डाै १ बाट रास्वपाले खाेल्याे खाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।

उपत्यकामा रास्वपाकै वर्चश्व

रास्वपा ले काठमाडौंका बाँकी ९ वटै निर्वाचन क्षेत्रमा अग्रता लिँदै ‘क्लीन स्वीप’ को बाटोमा अघि बढेको छ । प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार नै प्रतिस्पर्धीहरुभन्दा फराकिलो अन्तरालले अगाडि छन् । अघिल्लो आम निर्वाचन २०७९ मा रास्वपाले काठमाडौंका ४ सिटमा जित हासिल गरेको थियो । त्यसैगरी ललितपुर ३ मा र भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायम रहेको छ । ललितपुर १ मा नेपाली काँग्रेसका उदय शमशेर राणाकाे अग्रता रहेकाे छ । ललितपुर २ मा भने मतगणना शुरू भइसकेकाे छैन ।