नेपाल राष्ट्र बैंकले आज थप एक खर्बबढी रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट निक्षेप उठाउन लागेको हो ।
बैकले ८७ दिनका लागि एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले आइतबार ९आज० बजारबाट थप एक खर्बबढी रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैंकले ८७ दिनका लागि एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । फागुन १३ गते बैंकले ४० अर्ब तानेको थियो। निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते हुने बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्। बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी सात दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते हुने बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।
नेपालपत्र संवाददाता