बुधबार, भाद्र ३ गते २०८३

जनउपकार साकोसको कुल सम्पत्ति ६० करोड नाघ्यो


फाल्गुण ८, २०८२ शुक्रबार
जनउपकार साकोसको कुल सम्पत्ति ६० करोड नाघ्यो


गौरीशंकर गाउँपालिका – २ दोलखामा मुख्य कार्यालय रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाले माघ महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार प्रत्येक महिनाको पहिलो साता गत महिनाको  वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।

संस्थाले प्रकाशित गरेका यस आर्थिक बर्षको माघ महिनासम्मकोे विवरण अनुसार शेयर पुँजी ४ करोड १९ लाख ६३ हजार, जगेडा कोष २ करो २८ लाख र अन्य कोषहरु ८९ लाख रहेको छ । संस्थाका व्यवस्थापक चुडामणि घिमिरेका अनुसार ४८ करोड ३३ लाख ३८ हजार बचत संकलन गरी ३५ करोड ३२ लाख ६१ हजार ऋण लगानी रहेको छ । यस आर्थिक बर्षमा संस्थाको समग्र वित्तीय सुचाङकहरुमा क्रमशः वृद्धि हुँदै गएको उनले बताए । संस्थाको यस अवधिमा कुल सम्पत्ति ६० करोड ८१ लाख ८९ हजार पुगेको छ । ७ हजार ५४८ सदस्य आवद्ध रहेको संस्थामा २ हजार ५६४ बाल बचतकर्ता  रहेका छन् ।

संस्थाले सदस्यहरुलाई आवश्यकता अनुसार कृषि, पशुपालन, उद्यम व्यवसाय,शैक्षिक,वैदेशिक रोजगार  लगायतका क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । त्यसैगरी सदस्यहरुलाई सहकारी शिक्षा मार्फत् संस्थाले वित्तीय साक्षरता समेत प्रदान गर्दै आएको छ । ग्रामीण क्षेत्रका जनतालाई वित्तीय सेवा प्रदान गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले पछिल्लो समय कार्यक्षेत्र थप गरी सदस्यहरुलाई काठमाडौंबाट समेत सेवा प्रदान गर्दै आएको छ । २०५४ सालमा स्थापना भएको उक्त संस्थाले सहकारी मार्फत् स्थानीय जनतालाई सहज रुपमा वित्तीय सेवा प्रदान गरी उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा समेत ठुलो योगदान पु¥याएको छ ।