काठमाण्डाै । विश्व बजारमा निरन्तर बढिरहेको सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको तुलनामा स्थानीय बजारमा सुन प्रति तोला २० हजार ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुन तीन लाख १८ हजार ८०० र चाँदी प्रतितोला सात हजार ३०० कायम भएको थियो। गएको मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति चाँदी प्रति तोला मुल्य ६ हजार ८७० कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन एक औँसको पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपालपत्र संवाददाता