बुधबार, भाद्र ३ गते २०८३

२० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान


माघ १४, २०८२ बुधबार
२० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६३ दिने अवधिका लागि रु. २० अर्ब बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। आज(माघ १४) गते मध्यान्ह २ बजेसम्म इलेक्ट्राेनिक बिडिङ्ग सिस्टम मार्फत निक्षेप जम्माका लागि बोलकबोल गर्न सकिनेछ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ भने साे रकमकाे साँवा तथा ब्याज २०८२ चैत १८ गते भुक्तानी हुनेछ। न्यूनतम रु. १० करोड र अधिकतम कुल आह्वान रकमसम्म (५ करोडले भाग गर्दा निःशेष जाने गरी) संस्थाहरूले बोल गर्न सक्नेछन्।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। उक्त निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।