काठमाडौं। बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । माघ ११ देखि १७ गतेसम्म भृकुटीमण्डपमा चल्ने कार्निभलमा आकर्षक एक्सचेन्ज अफरसहित नयाँ बजाज बाइक किन्न सकिनेछ ।
कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२० एफ एफआई बीएस–६ सार्वजनिक गरिएको छ । फुल डिजिटल कन्सोल, एबीएस, फ्युल इन्जेक्सन र नयाँ ग्राफिक्ससहितको यस बाइकको सुरुवाती मूल्य ४,३९,९०० रूपैया तोकिएको छ ।
पुराना बाइक साट्दा बजार मूल्यभन्दा रु। ८ हजारसम्म बढी भ्यालुएसन, नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स र निःशुल्क एक्सेसरिजको सुविधा उपलब्ध छ । पाँच वर्षको वारेन्टीले कार्निभललाई अझ आकर्षक बनाएको कम्पनीले जनाएको छ ।
नेपालपत्र संवाददाता