स्थानीय बजारमा आज सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबार प्रतितोला सुन नौ हजार २०० रूपैंयाले र चाँदी रु. ३२० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु. छ हजार १९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु. पाँच हजार ९२० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपालपत्र संवाददाता