बुधबार, भाद्र ३ गते २०८३

सुन महँगियो, प्रतिताेला २ लाख ७७ हजारमाथि काराेबार


माघ ४, २०८२ आइतबार
सुन महँगियो, प्रतिताेला २ लाख ७७ हजारमाथि काराेबार

 

काठमाडौँ । बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि देखिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ६२५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार यसको मूल्य बढेर दुई लाख ७७ हजार २०० रुपैयाँ पुगेको थियो। चाँदीको मूल्य भने बिहीबार प्रतितोला पाँच हजार ४८५ रुपैयाँ र शुक्रबार पाँच हजार ६४५ रुपैयाँ रहेको थियो।

महासङ्घका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरसँगको विनिमय दर तथा भूराजनीतिक अनिश्चितताले स्थानीय बजारमा समेत मूल्य प्रभावित भएको हो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ५९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।