नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय मूल्य अनुसार समायोजन गरेको हो । निगमले तय गरेको मूल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ ।