शुक्रबार, कार्तिक ७ गते २०८३

एनआईशी एशिया बैंकले हकप्रद निष्काशन गर्ने


पौष २०, २०८२ आइतबार
एनआईशी एशिया बैंकले हकप्रद निष्काशन गर्ने


एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको हो ।

पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।  हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपियाँ छ ।

 नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद शेयर निष्काशन गरिने कम्पनी सचिव कमल खड्काले उल्लेख गरेका छन् ।