बुधबार, भाद्र ३ गते २०८३

गरिमा विकास बैंकलाई ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन्स्’ अवार्ड


पौष १०, २०८२ बिहीबार
गरिमा विकास बैंकलाई ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन्स्’ अवार्ड


नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन्स् तथा एक्सिलेन्स इन नेपाल पे क्यू आर ट्रान्जेक्सन्स् अवार्डबाट सम्मानित भएको छ । आ.व. २०८१÷०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यू आर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।  मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले सो अवार्ड ग्रहण गरेका थिए । 

समयानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ । विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।