आइतबार, आश्विन १८ गते २०८३

नेपाल टेलिकमको ३० प्रतिशत नगद लाभांश प्रस्ताव


पौष ९, २०८२ बुधबार
नेपाल टेलिकमको ३० प्रतिशत नगद लाभांश प्रस्ताव

 

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेकाले ३० प्रतिशतका दरले कुल ५ अर्ब ४० करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। कम्पनी सचिव द्वारिका प्रसाद पौडेलका अनुसार अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

लाभांश पारित गर्न कम्पनीले पुस ३० गते बिहान ११ बजे राष्ट्रिय सभागृह, काठमाडौंमा १८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।