आइतबार, आश्विन १८ गते २०८३

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सहयाेग


पौष ७, २०८२ सोमबार
महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सहयाेग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तथा दोस्रो त्रैमासमा देशका विभिन्न स्थानमा सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको छ।

बैंकले हुम्ला जिल्लाका ज्येष्ठ नागरिकहरूका लागि पूर्ण स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर र नसर्ने रोग रोकथामसम्बन्धी कार्यशालाका लागि आर्थिक सहयोग गरेको छ। साथै आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक प्रयोजनका लागि कम्प्युटर सेट र टेबल उपलब्ध गराएको छ। हुम्लाका विपन्न, दलित समुदाय, अनाथ बालबालिका तथा एकल महिला–पुरुषलाई खाद्यान्न सहयोग पनि गरेको छ।

शिक्षा क्षेत्रमा बैंकले बागलुङ, सल्यान र झापाका विभिन्न विद्यालयमा छात्रामैत्री आधुनिक शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ। यसैगरी ललितपुरको बालकुमारी आधारभूत विद्यालयका १८० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ भने गोरखाका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, मानव सेवा र दिगो विकासलाई प्राथमिकता दिँदै यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।