नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले सबै रेकर्ड तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एकै दिन तीन हजार चार सय रुपियाँले उकालो लाग्दै प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
सुनसँगै चाँदीको मूल्य पनि आकाशिएको छ। आइतबारको तुलनामा प्रतितोला एक सय ३० रुपियाँले वृद्धि भई चाँदीको मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ। अघिल्लो दिन चार हजार १०५ रुपियाँमा कारोबार भएको चाँदीले पनि आज नयाँ कीर्तिमान बनाएको हो।
नेपालपत्र संवाददाता