बुधबार, भाद्र ३ गते २०८३

प्राइम कमर्सियलको ८ प्रतिशत बोनस शेयर प्रस्ताव


पौष ४, २०८२ शुक्रबार
प्राइम कमर्सियलको ८ प्रतिशत बोनस शेयर प्रस्ताव

प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ।