आइतबार, आश्विन १८ गते २०८३

शाओमीका तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा


पौष २, २०८२ बुधबार
शाओमीका तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

 

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले ग्राहक सेवा विस्तार गर्दै हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सेवा केन्द्रले शाओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र सहज सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन तथा हेडफोनको मर्मत र प्राविधिक सहयोग प्रदान गरिनेछ । सबै केन्द्रमा जेनुइन स्पेयर पार्ट्स र आधिकारिक मर्मत प्रक्रिया अपनाइने भएकाले ग्राहकले गुणस्तरीय र सुरक्षित सेवा पाउनेछन् । यी सर्भिस सेन्टरहरू रमेश कर्पअन्तर्गत टेलिडाइरेक्ट प्रा. लि.ले सञ्चालन गर्नेछ ।

उद्घाटनका अवसरमा एक महिनासम्म विशेष सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । उक्त अवधिमा सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारेन्टीबाहिरका मर्मत तथा स्पेयर पार्ट्समा २५ प्रतिशतसम्म छुट र सर्भिस शुल्क नलाग्ने व्यवस्था गरिएको छ । शाओमी नेपालले दक्ष प्राविधिकमार्फत आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गरिने बताएको छ ।