सोमबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाली बजारमा प्रति तोलामा सुनको मुल्य २ लाख ६० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्यले पनि उचाइ लिएको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको बताइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उतारचढाव भएकाले थप घटबढ हुन सक्ने देखिएको छ । यसअघि तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर गत कात्तिक पहिलो साता दुई लाख ३६ हजारसम्म झरेको थियो ।
नेपालपत्र संवाददाता